Section 3
केन्द्रको स्थापना
(१) हृदयरोगको निदान, उपचार तथा हृदयरोगीको पुनस्र्थापनको लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ रूपमा प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोग सम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति तयार गर्न एक उच्चस्तरीय केन्द्रको रूपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र स्थापना गरिएकोछ ।
(२) केन्द्र काठमाण्डौ जिल्लामा रहनेछ र आवश्यकता अनुसार अन्य जिल्लामा केन्द्रको शाखा र इकाई स्थापना गर्न सकिनेछ ।